नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

सुनको भाउ प्रतितोला १२ हजार ५ सयले घट्यो

539
shares

काठमाडौं । सुनको मूल्यमा आइतबार उल्लेखनीय गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार, आइतबार सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला सात दिनमै सुनको मूल्य कुल २७ हजार ४ सय रुपैयाँले ओरालो लागेको देखिएको छ ।

गत साताको आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम थियो । यसअघि माघ १५ गते सुनले अहिलेसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।