एनआरएनएको नयाँ कार्यसमिति चयन
सबै पदाधिकारी सर्वसम्मत
२०८२ चैत ६ शुक्रवार २२:५०
shares

मार्च २०, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति (२०२५ – २०२७) सर्वसम्मत चयन भएको छ। एनआरएनएको १२औं महाधिवेशनले सो कार्यसमिति चयन गरेको हो । एनआरएनएको १२औं अधिवेशन मार्च १४-१६, २०२६ मा काठमाडौंको ताहचलस्थित सोल्टी होटलमा आयोजना गरिएको थियो भने नयाँ कार्यसमितिको घोषणा मार्च १७ मा गरिएको थियो । सो अधिवेशनबाट संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान) सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी, उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया) बुद्धि सुबेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अस्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानाडा), डा. ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमलमणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोकप्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अस्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके), टंकप्रसाद गैरे (जापान), तिलक गैरे (पोर्चुगल) र विश्वदीप तिगिला (यूके) सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) र युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, संघको महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) सर्वसम्मत चयन हुनुभएको छ भने उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेशकुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया) र स्वतन्त्रप्रताप शाह (अस्ट्रेलिया) सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी, सचिव पदमा अभिमन्यू बस्नेत (क्यानाडा), दिपेश खत्री (जर्मनी), मदनराज पौडेल (अस्ट्रेलिया), माधव दुलाल (क्यानाडा), मोहम्मद मुक्तदा मु (कतार), प्रसुना कँडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अस्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान), यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (युएई) र रमेश भट्ट (कतार) सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, महिला सचिवमा अमृता थापा (चीन) सर्वसम्मत हुनुभएको छ ।
यसैगरी, कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके) निर्विरोध हुनुभएको छ भने सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार), बिमल सुवेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, महिला संयोजकमा रश्मी थापा (क्यानाडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध हुनुभएको छ । यसैगरी, क्षेत्रीय संयोजकमा अफ्रिकामा मनोज बीके (सेसेल्स), अमेरिकामा भुवन खरेल (क्यानाडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अस्ट्रेलिया) सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी, अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजकमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत हुनुभएको छ । यसैगरी, एसिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्यान्ड), छत्रबहादुर दाहाल (जापान) र लालसिंह खड्का (कम्बोडिया) सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजकमा बेलायतका तिलकराम भट्टराई सर्वसम्मत चयन हुनुभएको छ। यसैगरी, मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका बिकास शाही र विष्णुलाल श्रेष्ठ एवम् कतारका करिम बक्स मिया सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अस्ट्रेलियाका छविप्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले सर्वसम्मत चयन हुनुभएको ।
यसैगरी, एसिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) सर्वसम्मत हुनुभएको छ । एसिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान), युरोप उप-क्षेत्रीय युवा संयोजक शिवसागर बुढाथोकी (पुर्तुगल), मध्यपूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को प्रवक्तामा सोम सापकोटा मनोनीत हुनुभएको छ।
Picture source: www.nrna.org
























