आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुरक्षा निकाय र कर्मचारीको प्रशंसा : ‘चुनौतीपूर्ण घडीमा उत्कृष्ट कार्य’

1.32K
shares

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

मधेस प्रदेश राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारी तथा सरोकार भएका निकायको योगदानको उच्च प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी लिनुभयो ।

साथै, प्रदेश-प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उहाँले उहाँहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘हामीले बनाएको योजना तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो । हामीले लिएको संकल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो । यसका लागि म आभारी छु । मान्छेहरू मलाई बधाइ भनिरहेका छन् । यसको वास्तविक हकदार तपाईंहरू हो ।’

त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्त्वपूर्ण राष्ट्रिय अनुष्ठानको अङ्ग बन्न पाएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँहरूले निर्वाचनका दौरान देखेभोगेका अनुभव पनि सुनाउनुभयो ।