काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

वसन्त नवरात्रको प्रारम्भ : शक्ति स्वरुपा देवीको पूजा आराधना गरिँदै

1.8K
shares

काठमाडौ । आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ ।

यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।

वर्षमा चार वटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो।