काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1.82K
shares

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको छ ।

बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।