एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

साम्बाको उपचारमा युनाइटेड सिमेन्ट्सको पाँच लाख सहयोग

266
shares

काठमाडौं । केएल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्सले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

लामो समयदेखि राष्ट्रिय टोलीको अग्रपंक्तिमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी कप्तान भण्डारी हाल चोटका कारण मैदान बाहिर रहन बाध्य हुनुहुन्छ । पछिल्लो सात हप्तादेखि उहाँ पुनःस्थापनाको प्रक्रियामा हुनुहुन्छ ।

‘कप्तान सावित्रा भण्डारीले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारपछि छिट्टै मैदानमा फर्किनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युनाइटेड सिमेन्टले खेलाडीहरू देशको पहिचान र गौरवका वाहक भएकाले उनीहरूको कठिन समयमा साथ दिनु सामाजिक दायित्व पनि भएको उल्लेख गरेको छ । खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको कम्पनीको धारणा रहेको छ ।

नेपाली महिला फुटबल टोलीकी कप्तान भण्डारीले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याउनुभएको छ । उहाँमाथि लागेको चोटका कारण समर्थक तथा खेलप्रेमीहरू चिन्तित बनेका बेला निजी क्षेत्रबाट आएको यो सहयोगलाई सकारात्मक पहलका रूपमा हेरिएको छ ।