एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित हेमराज ढकालको उम्मेदवारी घोषणा

532
shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूह प्यानल नै घोषणा गरेर मैदानमा उत्रिएको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

चैत २८ गते हुने निर्वाचनका लागि ढकालले घोषणा गरेको आधिकारिक प्यानलबाट उपाध्यक्षको प्रत्यासीमा ज्योत्सना श्रेष्ठ रहेकी छन् । त्यसैगरी, एसोसिएट उपाध्यक्ष पदमा उमेश डालमियाले उम्मेदवारी दिने भएका छन् ।

जिल्ला नगर उपाध्यक्षतर्फ ढकालको टिमबाट कल्पना गैरे र नरेशलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने तयारी छ ।

चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ ।

यसैबीच अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् । उम्मेदवारी घोषणा सभामा उनले भने, ‘अर्को टिमबाट पनि प्यानल घोषणा हुने खबर पाएको छु, मेरो आग्रह छ सके एक भएर जानुहोला, मिल्न नसके स्वस्थ प्रतिस्पर्धा गर्नुहोला ।’