काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

निर्वाचनका लागि सुरक्षा मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री

1.65K
shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाइएको भन्दै निर्धक्क भएर मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ ।

रासससँगको कुराकानीमा उहाँले सरकारले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिएको बताउनुभयो । एकीकृत सुरक्षा योजना लागू गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई संवेदनशीलताका आधारमा परिचालन गरिएको उहाँको भनाइ छ ।

निर्वाचन कमान्ड पोस्ट केन्द्रमार्फत प्रदेश र जिल्लास्तरमा समन्वय भइरहेको तथा सम्भावित चुनौतीको दैनिक विश्लेषण गरेर काम अघि बढाइएको मन्त्री अर्यालले जानकारी दिनुभयो । हाल देखिएका छिटपुट घटनाले निर्वाचन प्रक्रियामा असर नपार्ने र ती नियन्त्रणमै रहेको उहाँले स्पष्ट गर्नुभयो ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियारसम्बन्धी विषय पनि अब सुरक्षा चुनौती नरहेको उहाँको दाबी छ । धेरैजसो हतियार फिर्ता भइसकेको र बाँकीलाई पनि नियन्त्रणमा ल्याउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले संविधानअनुसार संसद् विघटन भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था भएकाले चुनाव सार्ने विकल्प नरहेको स्पष्ट पार्नुभयो । ‘यो निर्वाचन हाम्रो निष्ठाको परीक्षा हो,’ उहाँले भन्नुभयो, ‘समयमै चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छौँ ।’

उहाँले विशेष परिस्थितिमा गठन भएको सरकारले संवैधानिक रिक्तता अन्त्य गर्ने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै शान्तिपूर्ण र अहिंसात्मक रूपमा मतदानमा सहभागी हुन सबैसँग अपिल गर्नुभयो ।