नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

मुस्ताङ भ्रमणमा जाने पर्यटकको संख्यामा कमी

672
shares

मुस्ताङ । मुस्ताङ घुम्ने पर्यटकको संख्यामा कमी आएको छ । गत वर्ष २०८१/८२ को साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकोमा चालु आवको सोही अवधिमा तीन लाख २५ हजार ५५८ पर्यटक मुस्ताङ पुगेका हुन् ।

प्रहरीको तथ्यांकअनुसार गत वर्षको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १५ हजार १७१ जना (४.४५ प्रतिशत) पर्यटक कम भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्ममा विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका छन् ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मंसिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख संकलन गरिन्छ । पोखरा–जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख संकलन गर्छन् ।

मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न जाने चलन छ । त्यस्तै मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी पर्यटकको संख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये ३ प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।