काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

एमाले नेता रामवीर मानन्धन कांग्रेस प्रवेश

2.25K
shares

ससकाठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित कांग्रेस सभापति गगनकुमार थापासँग ‘प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर’ कार्यक्रमका क्रममा मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

पूर्वमन्त्री मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुनुहुन्छ । यसअघि २०४९ सालमा उहाँले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मानन्धरसँगै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका आकांक्षी डा. प्रणयशमशेर राणा हुनुहुन्छ ।

राणा २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गर्नुभएको थियो । सोही वर्ष उहाँ रास्वपाबाट काठमाडौं–५ का लागि उम्मेदवार बन्नुभएको थियो ।