काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

देशभर एकैदिनमा १५ ठाउँमा आगलागी

1.25K
shares

काठमाडौं । देशभर एकैदिनमा १५ ठाउँमा आगलागी भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुन ४ गते बिहान १० बजेदेखि ५ गते बिहानसम्ममा १५ वटा आगलागीका घटना भएका हुन् ।

यो अविधमा देशभर १९ वटा विपदका घटना भएको प्राधिकरणले जनाएको छ । असावधानीका कारण आगलागीका घटनामा बढेको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदासमेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ ।

प्राधिकरणका अनुसार तेह्रथुम, संखुवासभा र मोरङमा एक-एक स्थानमा आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङ्जामा दुई-दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ ।

संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए । त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ । विपदमा परेर ६ जना घाइते भए भने ३४ लाख १२ हजार रुपैयाँबराबरको क्षति भएको छ ।

प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने र आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ ।