काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

रेनु दाहाललाई जिताउन चितवनका बुद्धिजीवी एकजुट

1.62K
shares

चितवन । चितवनका बुद्धिजीवीहरूले रेनु दाहाल जिताउ अभियानमा अघि बढाएका छन् । भरतपुरमा बुधबार बिहान बसेको बुद्धिजीवीहरूको भेलाले विकासप्रेमी नेतृ एवं चितवन क्षेत्र नम्बर ३ कि उम्मेदवार दाहाललाई जिताउन एकजुट हुने निर्णय गरेको हो ।

भेलाले वरिष्ठ चिकित्सक भोजराज अधिकारीको संयोजकत्वमा भरतपुरदेखि माडीसम्म सातवटा क्लस्टर निर्माण गरेको छ । हरेक कलस्टरमा संयोजक तोकेर रेनु जिताउ अभियानमा लागेको संयोजक डा. अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार भरतपुरको वडा नम्बर ६, ८ र ९ को क्लस्टरमा प्राध्यापक विनोदखण्ड तिमल्सिना, वडा नं १३ १४ र २२ मा समाजसेवी एवं युवा व्यवसायी राजु पौडेल तथा वडा नम्बर २१ २३, २४ र २५ मा होमनाथ भण्डारीलाई संयोजक तोकिएको छ ।

त्यस्तै वडा नम्बर १५ र १६ मा बाम बुद्धिजीवी बुद्धि ढुङ्गाना, वडा नम्बर १७, १८, १९ र २० मा नेपाल बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष नारायण रेग्मी र भरतपुर महानगरको वार्ड नम्बर २६ देखि २८ सम्म अभियान चलाउन व्यवसायी  मित्रराज दवाडी र प्राध्यापक टीका देवकोटालाई संयोजक तोकिएको छ ।

भरतपुरको विकासमा मोडल प्रस्तुत गरेकी नेतृ दाहालले संघीय संसदमा गएर जनपक्षीय कानुन बनाउने र सिङ्गो चितवनको विकास गर्ने हुनाले बुद्धिजीवीहरू रेनु दाहाल जिताउ अभियानमा लागेको संयोजक डा. अधिकारीले बताउनुभयो ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य प्रमोद तिवारीले बुद्धिजीवीहरू विकास र जनताको पक्षमा उभिएर रेनु दाहाल जिताउ अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

भेलामा सहभागी नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नं ३ कि उम्मेदवार दाहालले बुद्धिजीवीहरूले नागरिक अभियान चलाउने उद्घोष गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले विकासको पक्षमा टोलटोलमा पुगेर जनपक्षीय अभियान चलाउन पनि बुद्धिजीवीलाई आग्रह गर्नुभयो ।

भरतपुरदेखि माडीसम्म सबै क्लस्टरमा रहेका बुद्धिजीवीले रेनु दहाल जिताउ अभियानमा आजदेखि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त नागरिक अभियानमा चितवनका बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, शिक्षक, पत्रकार र नागरिक अगुवासमेत सहभागी छन् ।