एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

जितेन्द्र रसिकको बाल उपन्यास साइबोर्ग सार्वजनिक

798
shares

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको १८औं कृति बाल उपन्यास ‘साइबोर्ग’ सार्वजनिक भएको छ । बुधबार इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेसन पब्लिसिङ बुक हाउस काठमाडौं जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शीतल सुकुभटु, रमण राउट, भजन राउटलगायतले संयुक्त रूपमा उपन्यास लोकार्पण गर्नुभएको हो ।

साइबोर्ग उपन्यास साहित्यकार जितेन्द्र रसिकको विज्ञान उपन्यास हो । यो उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुन सक्छ भन्ने सुन्दर परिकल्पनाहरू समावेश रहेको प्रकाशक यमुना पराजुलीले बताउनुभयो ।

आर्टिफिसिलय इन्टेलिजेन्सको तीव्र विकास हुँदै जाँदा भाविष्यमा त्यसले मानव समुदायमाथि नै धावा बोल्ने त होइन भन्ने आशंकालाई यो विज्ञान उपन्यासले रोचक ढंगले उठाएको छ । के विज्ञानले मानिसलाई कहिल्यै नमर्ने बनाउन पनि सक्दछ ? भन्ने प्रश्नको पनि यसले तर्कसम्मत सम्भावनाहरू देखाएको छ ।

बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउनका लागि यो पुस्तक प्रभावकारी बन्ने उपन्यासकार जितेन्द्र रसिकले बताउनुभयो । उपन्यासको मूल्य २५० रुपैयाँ राखिएको छ ।

लोकार्पणसँगै बाल उपन्यास साइबोर्ग एजुकेसनल पब्लिसिङ बुक हाउस, रत्नपुस्तक भण्डार लगायतबाट उपन्यास बिक्री थालिएको छ । इर्टनल पब्लिकेसन्स र एजुकेसनल पब्लिसिङ बुक हाउसले सहकार्य थालेको हो ।

लेखक रसिकका यसअघि बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण (बाल कथासंग्रह), हावा फल्ने रूख (सचित्र बालकथा), एङ्ग्री बर्ड (बालकथा संग्रह), बेलबहादुरसँग बिहे (सचित्र बालकथा ३ संस्करण), गुलेली (बाल कथासंग्रह), हनुमानको करामत (सचित्र बालकथा), जाडुगर एआई (सचित्र बालकथा) प्रकाशित छन् ।

रसिकका उपन्यास, गजल, संस्कृति, जीवनीलगायत विधामा ११ कृति प्रकाशित छन् । उहाँका १० भन्दा बढी गीत गजल पनि रेकर्ड भइसकेका छन् । उहाँ नेपाल भाषा संस्कृति र साहित्यको क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।