काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नागरिक शिक्षाका लागि निर्वाचन आयोगद्वारा स्रोत सामग्री सार्वजनिक

1.74K
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन २१ दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले नागरिक शिक्षा प्रवर्धनका लागि विभिन्न स्रोत सामग्री सार्वजनिक गरेको छ ।

आयोगले लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली, मतदान प्रक्रियालगायत विषय समेटेर सामग्री तयार गरेको जनाएको छ । त्यस्तै मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दलको भूमिकाबारे पनि सामग्रीमा समावेश गरिएको छ ।

निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्धन स्रोत पुस्तिका’ आयोगले सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । आयोगका अनुसार उक्त सामग्रीका आधारमा सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था र व्यक्तिले नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।

फागुन १ देखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी आयोगले गरेको छ ।