नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

नागरिक शिक्षाका लागि निर्वाचन आयोगद्वारा स्रोत सामग्री सार्वजनिक

2.04K
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन २१ दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले नागरिक शिक्षा प्रवर्धनका लागि विभिन्न स्रोत सामग्री सार्वजनिक गरेको छ ।

आयोगले लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली, मतदान प्रक्रियालगायत विषय समेटेर सामग्री तयार गरेको जनाएको छ । त्यस्तै मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दलको भूमिकाबारे पनि सामग्रीमा समावेश गरिएको छ ।

निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्धन स्रोत पुस्तिका’ आयोगले सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । आयोगका अनुसार उक्त सामग्रीका आधारमा सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था र व्यक्तिले नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।

फागुन १ देखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी आयोगले गरेको छ ।