एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल

182
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गर्नुभएको छ ।

काठमाडौं ५ मा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सदस्य भेलामा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका उहाँले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको बताउनुभयो । कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको उहाँको प्रस्टोक्ति छ ।

‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । तपाईंले खोजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ मत दिएर सघाउनुस् भन्न जरुरी छ,’ महामन्त्री पौडेलले भन्नुभयो, ‘भदौ २३ मा कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो, हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार्न ढिला गरेनौं । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौं । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रुपान्तर भएर निर्वाचनमा होमिएका छौं ।’

जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उहाँले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको बताउनुभयो । समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उहाँको भनाइ छ । ‘कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका हौं,’ महामन्त्री पौडेलले भन्नुभयो, ‘यो निर्णय व्यक्तिको होइन, पार्टीको हो ।’