नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

483
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ । जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि उनी टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गर्नुभएको हो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गर्नुभएको उक्त दूतावासले जनाएको छ ।