नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

जनकपुरमा सभा गरेर कांग्रेसले माघ १६ गतेदेखि चुनावी अभियान थाल्ने

1.93K
shares

काठमाडौँ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर नेपाली कांग्रेसले मधेशबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।

सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । पार्टीले उपसभपाति विश्वप्रकाश शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।

उक्त सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने हुनुभएको छ । कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बन्नुभएको छ ।

यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् ।