काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले दियो नेपाली कांग्रेसको गगन–विश्व समूहलाई मान्यता

1.82K
shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र विधानसम्मत भएको भन्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको निर्णयसँगै विशेष महाधिवेशनले गरेका सम्पूर्ण निर्णयहरुले मान्यता पाउने भएको छ । निर्वाचन आयोगको निर्णयसँगै अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ ।

आयोगको यस निर्णयसँगै देउवाले नेतृत्वले गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।