एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

हमासद्वारा बन्धक बनाइएका बिपिनकी आमा र बहिनीद्वारा इजरायली राष्ट्रपतिसँग भेट

154
shares

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीकाले इजरायली राष्ट्रपति इसाक हरजगसँग भेटवार्ता गरेका छन् । आइतबार पदमा जोशी, पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा विपिनकी आमाले छोराको शीघ्र रिहाइको लागि पहल गरिदिन इजरायली राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएकाे छ । यस्तै विपिनकी बहिनी पुष्पाले आफ्नो दाजु (विपिन) एक विद्यार्थीको रूपमा इजरायल आएको बताउँदै रिहाइका लागि हरसम्भव पहल गर्न आग्रह गर्नुभयाे । त्यस अवसरमा राजदूत पण्डितले समेत पुनः विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गरे ।

राष्ट्रपतिले हरजगले विपिन आफ्नै नागरिक जस्तो लागेको बताउँदै रिहाइको लागि सरकार प्रयास गरिरहेको बताए । उनीहरुले इजरायली संसद्का अध्यक्ष अमिर ओहनासँग समेत भेटघाट गरी बिपिन जोशीको रिहाइको लागि आग्रह गरेका थिए ।