नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

560
shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजिनामा दिनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । यसअघि राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो ।

प्रतिवेदन आइसकेपछि सभापति खतिवडामाथि समेत प्रश्न उठिरहेका बेला उहाँले राजिनामा दिनुभएको हो ।
खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताउनुभयो ।

निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको तर अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकारसमेत गर्नुभयो ।