काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने शिक्षकहरुकाे अडान

1.11K
shares

काठमाडौं: विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने अडानमा रहेका शिक्षकहरुले बिहीबार पनि माइतीघर-बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएका छन् । शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिएका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ढिलोचाँडो आफूहरुसँग भएको सहमति कार्यान्वयनको विकल्प सरकारसँग नभएको भन्दै आन्दोलन जारी रहने बताए । आन्दोलनलाई मर्यादित र अनुशासित बनाउँदै तोकिएको अवधि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन स्थलमै रहन शिक्षकहरूलाई आग्रह गरेका थिए । सरकारले माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेकाले आन्दोलन स्थगित गरी विद्यालयमा फर्कन आग्रह गरे पनि शिक्षकहरू विश्वस्त हुन सकेका छैनन् ।

मन्त्रिपरिषदले वैशाख १२ गते संसद अधिवेशन आह्वानको सिफारिस गर्दै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णय प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदर्शनका कार्यक्रम रोकेर काममा फर्कन शिक्षकहरूलाई आग्रह गरेको छ ।

शिक्षकहरुकको आन्दोलनले देशभर विद्यार्थी भर्ना अभियान र एसईईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ भने आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को राष्ट्रिय परीक्षा समेत प्रभावित हुने भएको छ ।