एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

वन तथा वातावरण मन्त्रीद्वारा घोपटार सौर्य लिफ्टिङ सिचाई आयोजनाकाे उट्घाटन तथा हस्तान्तरण

266
shares

खोटाङ : खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४, बडहरेस्थित माझिबस्ती घोपटारमा DCRL (Developing Climate Resilient Livelihoods) को आर्थिक सहयोगमा प्रतिघण्टा करिब २०,००० (बिस हजार) लिटर पानी तन्न सक्ने क्षमता भएको घोपाटार सैर्य लिफ्टिङ आयोजना सुचारु भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय श्री ऐन बहादुर शाही ठकुरीको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा माननीय श्री सरस्वती बजिमय, मन्त्रालयका सचिव, DCRL राष्ट्रिय आयोजना निर्देशक, नगरपालिका प्रमुख श्री बिमला राई, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, वडाअध्यक्ष किशोरकुमार बस्नेतलगाएत विभिन्न संघ-सस्था र स्थानीयहरुको उपस्थितिमा उक्त आयोजनाको उट्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

DCRL राष्ट्रिय आयोजना निर्देशक बद्रिराज ढुङ्गानाले नगरप्रमुख बिमला राईलाई लिफ्टिङ सिंचाई आयोजना हस्तान्तरण गर्नु भएको हो । यस आयोजनाबाट हलेसी तुवाचुङ नगरपालिका वडा नं ४, बडहरे, घोपाटार स्थित माझी बस्तिका ३५ घरधुरी र अन्य ३ घर गरी ३८ घरधुरी परिवारहरुको करिब १५ हेक्टर खेतियोग्य जमिनमा कृषि खेति गर्न लिफ्टिङ सिंचाइ आयोजना भएको हो ।

करिब ७५ हजार क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरी योजना सञ्चालनमा आएपछि घोपटारका कृषकहरुले ३५ रोपनी खेतियोग्य जमिनमा तरकारी खेती गर्न सुरु गरिसकेका छन् ।

सुख्खाग्रस्त खेतियोग्य जमिनमा दुधकोशीको पानि लिफ्टिङ गरी कृषि उत्पादनमा अभिबृद्वी गरी जिविकोपार्जनमा टेवा पुर्याउने लिफ्टिङ सिंचाइको मुख्य उदेश्य रहेको नगरप्रमुख बिमला राईले बताउनु भयो ।

DCRL, जसले जलवायु परिवर्तन–प्रेरित प्रकोपहरू विरुद्ध जोखिममा रहेका क्षेत्रहरूमा समुदायहरूको लचिलोपन निर्माणमा केन्द्रित परियोजनालाई जनाउँछ, विशेष गरी नेपालको तल्लो दूधकोशी जलाधार क्षेत्रमा लागू गरिएको छ, जुन प्रायः संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) र Environment ग्लोबलसँग सम्बन्धित छ।