काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेपाल र म्यानमारबीच उपाधिका लागि आज राेमाञ्चक भिडन्त हुँदै

1.07K
shares

काठमाडौं: घरेलु टोली नेपालले आज इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि हुँदैछ ।

नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् । लिग चरणमा म्यानमारले लेबनानलाई ३-१ र किर्गिस्तानलाई ५-० ले पराजित गरेको थियो । नेपालले लेबनानलाई १-० र किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो भने म्यानमारसँग २-२ को बराबरी खेलेको थियो । यद्यपि, म्यानमार शीर्ष स्थानमा रहन सफल रह्यो ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगितामा यसअघिका तीन खेल राम्रो भएको बताए । त्यसैले आफ्नो टोली फाइनलका लागि तयार रहेको उनको भनाइ छ । नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलमा पाँचौंपल्ट भिड्न लागेका हुन् । सन् २०१८ मा एसियन ओलम्पिक छनोट अन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए । उक्त खेलमा सावित्रा भण्डारीले तेस्रो मिनेटमै गोल गरे पनि नेपालले उक्त अग्रता जोगाउन नसक्दा १-१ को बराबरीमा चित्त बुझाएको थियो ।

सन् २०१९ नेपालले दोस्रो लेग म्यानमारसँग खेलेको थियो । त्यतिबेला म्यानमारले नेपालमाथि ३-१ को जित निकालेको थियो । उक्त खेलमा निरु थापाले एक गोल गरेकी थिइन् । लगत्तै भारतमा भएको नादेज्दा कपमा पनि यी दुई टोली आमुन्ने सामुन्ने भएका थिए । उक्त खेल म्यानमारले ३-० को जित हासिल गरेको थियो ।