नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

सद्गमयको दोस्रो सिजन शुभारम्भ

490
shares

काठमाडौँ । आवाज विहीनहरूको आवाज बोल्ने रियालिटी सो सद्गमय कार्यक्रमको दोस्रो सिजन यही माघ २४ गतेदेखि एपिवान टेलिभिजनबाट प्रशारण सुरु भएको छ ।

खोज, अनुसन्धानमा आधारित यो कार्यक्रमले समाजमा लुकेका कथालाई उजागर गर्ने कार्यक्रम निर्माता संस्कृति एड्भरटाइजिङ प्रा.लिका संचालक तेजमणि दाहालले बताउनुभयाे ।

एउटै प्यानलमा सरोकारवाला पक्ष, नीति निर्माता र सो विषयका विज्ञलाई राखेर छलफल गरी समस्याको समाधानको प्रयास यो कार्यक्रमले गर्ने निर्माण पक्षले बताएको छ । समाजमा प्रत्यक्ष सरोकार राख्ने हाम्रो सडक र सार्वजनिक यातायातको अवस्था, नेपालमा अवैध मानिएको गाँजाको उपयोग र औचित्य, जलवायु परिवर्तनले पारेको प्रभाव, पर्यटनको संभावना र चुनौती, नेपालको शिक्षामा किन आवश्यक पर्यो ग्रेडिङ प्रणाली रहेका छन् ।

त्यसैगरी, सहकारी संस्थाले निम्त्याएको संकट, नेपालमा मानसिक स्वास्थ्यको अवस्था, किन रुग्ण बन्दै छन् नेपाली उद्योग, टेलिकम क्षेत्रको भविष्य, रोजगारीमा युद्धको मार, वादी समुदायको जीवनमा कहिले होला परिवर्तन, तुइँनमा झुण्डिरहेको जीवन, सामाजिक संजाल र एआइले थपेका चुनौती र किन समयमा छिन्न सकिदैन मुद्धाको भारलगायत फरक–फरक विधा समेटिएको यो कार्यक्रम १५ एपिसोडको हुनेछ ।

कवि तथा साहित्यकार बोधराज पौडेलको खोज, अनुसन्धान र कथा लेखन रहेको यो कार्यक्रमको निर्देशन मोहनराज अधिकारीले गर्नुभएको हाे । कार्यक्रम प्रस्तोताको भुमिकामा युवा नेता एवम् बौद्धिक व्यक्तित्व रमेश कुमार पौडेलले निर्वाह गर्नुभएको छ ।

कार्यक्रम हरेक बिहिबार बेलुका ८ः३० बजे एपिवान टेलिभिजनबाट प्रशारण भइरहेकाे छ ।