• २०८२ बैशाख ६ गते शनिवार

काठमाडौं: नेपाल भलिबल संघको आयोजनामा नेपाल सहित ४ राष्ट्रका ५ क्लबले सहभागी जनाएका काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ ।

उदघाटन खेलमा आज टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ । खेल दिउँसो ३:१५ बजे हुनेछ । दोस्रो खेल साँझ ५:३० बजे गण्डकी र इरानबीच हुनेछ । नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् । हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले छनोट भएका हुन ।

यसैगरी भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडिसीको सहभागिता रहनेको‌ छ । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् । सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टिमसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *