काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने, अनलाइनबाट बिक्री भएको टिकट रद्द

966
shares

काठमाडौं: महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट बिक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै बिक्री गर्ने भएको छ । नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ ।

एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधबार बिहान ८:०० बजे टिकट बिक्री गरिने जानकारी गराएको थियो । जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर बिक्री गरिने एन्फा उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक दीपक खतिवडाले जानकारी दिएका छन् ।

एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट बिक्री गरिने बताइएको छ । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । दशरथ रंगशालामा १५ हजार ४ सय दर्शक क्षमता रहेको एन्फाका प्रतियोगिता संयोजक सन्जिव मिश्रले जानकारी दिएका छन् । एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द भएको जानकारी दिदैं उपाध्यक्ष खतिवडाले ३० लाख रुपैयाँ प्राप्त गरेको र ५० लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको बताए ।

एन्फाले ८० लाख रुपैयाँमा माउण्ट एभरेष्टसँग सम्झौता गरेको थियो । माउण्ट एभरेष्टले खल्तीबाट भौतिक रुपमा टिकट बिक्री गर्दै आएको थियो । खल्तीबाट फाइनलका लागि बिक्री भएको टिकट साधारणतर्फ ४ हजार १ सय तथा भिआइपीतर्फ १ हजार रद्द गरिएको एन्फाले जनाएको छ ।

अखबार नेपालबाट साभार