• २०८१ असोज ४ गते शुक्रवार

आर्टिकल्स पेपर, काठमाडौँ । सामाजिक अध्ययन अ‌ङ्ग्रेजीको Social Studies को नेपाली रूपान्तरण हो। अङ्ग्रेजीमा Social शब्दलाई समाजका वा समाजमा, मानिस र समुदायबीचको सम्बन्ध, समुदायमा बस्ने मानिसहरू आदि अर्थमा प्रयोग गरिन्छ। त्यसैले समाज विनाको मानिस कल्पना गर्न पनि सकिदैन। मानिस सामाजिक प्राणी भएकाले समाजबाट निरपेक्ष रहन सक्दैन। समाजबाटै सामाजिक गुणहरू सिकेर मानिस समाजमा सामाजिकीकरण/समायोजन हुन सक्दछ। यसरी सामाजिक अध्ययनको सम्बन्ध समुदायमा बस्ने मानिसका विभिन्न सामाजिक मानवीय क्रियाकलापसँग हुन्छ। तसर्थ मानिस र उसको समाजको अध्ययन गरी समाजअनुकूल समायोजन हुन सक्ने ज्ञान, सीप, क्षमता प्रदान गर्ने विषयका रूपमा सामाजिक अध्ययनलाई लिन सकिन्छ।

सामाजिक अध्ययनको केन्द्र विन्दु मानिस, सामाजिक संस्था र वातावरणसँगको अन्तरसम्बन्ध हो। सामाजिक अध्ययनले मानवीय सम्बन्ध वा मानिसको व्यक्तिगत, पारिवारिक एवम् सामाजिक सम्बन्धको विवेचना गर्दछ। सामाजिक तथा भौतिक वातावरणमा मानव समाज र मानवजीवनसँग सम्बन्धित पक्षहरूको समन्वयात्मक र एकीकृत रूपमा अध्ययन गर्नु नै सामाजिक अध्ययन हो। सामाजिक अध्ययनले सामाजिक रीतिरिवाज, नियमकानुन, सामाजिक मानवीय मूल्य-मान्यताका साथै भौगोलिक तथा अन्य वातावरणीय परिवेशमा समाहित हुन मद्दत गर्दछ। यसर्थ भूगोल, इतिहास, राजनीतिशास्त्र, नागरिकशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र आदिको महत्वपूर्ण सारतत्वलाई व्यवहारिक प्रयोगको एकीकृत ज्ञान दिने विषयको रूपमा सामाजिक अध्ययनलाई लिन सकिन्छ। सामाजिक अध्ययन विषयलाई विभिन्न विद्वानहरूले दिएका परिभाषाहरूबाट अझ स्पष्ट पार्न सकिन्छ ।

सामाजिक अध्ययन इतिहास, भूगोल तथा नागरिकशास्त्रजस्ता विषयको योग मात्र नभै ती विषयहरूबाट प्राप्त सामग्रीलाई आफ्‌नो स्वरूपमा ग्रहण गर्दै मानवको वर्तमान र दैनिक जीवनको सम्बन्धलाई स्पष्ट गर्ने आधुनिक विषय हो। The Encyclopedia of Educational Research अध्ययन गर्ने उद्देश्यले सामाजिक विज्ञानहरूबाट छानिएका विषयहरूको सङ्कलनलाई सामाजिक अध्ययन भनिन्छ।

-The Encyclopedia of Social Science

सामाजिक अध्ययन विषयको आवश्यकता तथा महत्वबारे संक्षेपमा वर्णन गर्नुहोस् ।

मानिसले आफ्‌नो जीवनका आवश्यकता प्राप्त गर्न र एक योग्य नागरिकको जीवनयापन गर्ने सामाजिक तथा भौतिक वातवरणसँग कसरी अनुकूल हुने भन्ने मानवीय ज्ञान प्राप्त गर्नका लागि सामाजिक अध्ययन विषयको अध्ययन गर्नु आवश्यक छ। विगतको अनुभवबाट वर्तमानमा खोजी नीति गर्ने तथा भविष्यप्रति सचेत भई मानवीय समाजको अध्ययन गर्ने कार्यमा सामाजिक अध्ययन विषयले सहयोग पुयाउने भएकाले मानव जीवनमा यस विषयको महत्व रहेको स्पष्ट हुन्छ। वर्तमान विश्व परिवेशमा एकातिर मानव जीवन बडो सुविधापूर्ण र सुखमय भएको छ भने अकोतिर यसबाट उत्पन्न बनेकी सामाजिक जटिलता, नकारात्मक प्रभाव र दुष्परिणामहरू पनि देखिएका छन् र यस्ता सामाजिक विकृतिहरूको निराकरण गर्न असल नागरिक लोकतान्त्रिक संस्कार, मानवअधिकार, मानवीय अन्तरसम्बन्धको विकास हुनु जरुरी छ। यस कार्यमा सामाजिक अध्ययनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। सानै उमेरदेखि बालबालिकाहरूलाई आ- आफ्नो समाजका विभिन्न गतिविधि तथा समस्याहरूबारे ज्ञान दिन, उत्तरदायी नागरिक बन्ने प्रवृत्तिको विकास गर्न र समाजमा हुने रचनात्मक कार्यक्रमहरूमा सक्रियरूपमा भाग लिन सक्ने सीपको विकास गर्न सामाजिक अध्ययनले महत्वपूर्ण भुमिका खेल्ने भए‌काले विद्यालय तहको शिक्षामा यस विषयको लोकप्रियता चढ्‌दै गएको पाइन्छ।

सामाजिक अध्ययनमा असल नागरिक तयार पार्ने उद्देश्यले सामाजिक सांस्कृतिक विषयवस्तुलाई शिक्षणप्रधान ढङ्गले समन्वय गरिन्छ। सामाजिक मूल्यमान्यताको शिक्षण र सामाजिकीकरणका दृष्टिले पो विषय महत्वपूर्ण मानिन्छ। सामाजिक अध्ययन सामाजिक चेतनासँग सम्बन्धित हुन्छ।

महत्त्व

१. सामाजिकीकरण सामाजिक अध्ययनको पाठ्यक्रमद्वारा बालबालिकालाई ऐतिहासिक घटना, सुधारसम्बन्धी कार्य, राजनीति, सरकार, भौगोलिक विविधता, नागरिक शिक्षा, सभ्यता, सामाजिक विकास तथा आर्थिक क्रियाकलापप्रतिको दायित्वबोध गराउन सकिन्छ। समस्या समाधान, सहयोग र आवश्यकता बोधजस्ता विषयवस्तुबाट सामाजिकीकरणमा सहयोग पुग्छ।

२.समस्या समाधान गर्ने सिप सामाजिक अध्ययनबाट सामाजिक समस्याका कारण र तिनको समाधानका विषयहरू शिक्षण गरिने हुँदा विद्याथीमा वैयक्तिक तथा सामाजिक समस्या समाधान गर्ने सिप विकास हुने भएकाले सामाजिक अध्ययन महत्वपूर्ण मानिन्छ।

३. तार्किक कुशवाहा सामाजिक अध्ययन विषयमा समावेश हुने अर्थशास्त्र इतिहास तथा राजनीतिशास्त्र जस्ता विवादास्पद विषयको अध्ययनबाट विद्याथीमा विषयवस्तुको खण्डन गर्ने तार्किक समताको विकास हुन्छ।

४. समसामयिक विषयको जानकारी सामाजिक अध्ययन विषयमा तात्कालीन समाजमा घटेका घटना, नयाँ प्रस्तुति, नयाँ प्रकाशन तथा ती विविध पक्षको पृष्ठभूमिसहितको अध्ययन गरिने भएकाले ज्ञानको विस्तारका लागि यो विषय महत्वपूर्ण मानिन्छ।

५. नेतृत्वसिप सामाजिक अध्ययन विषयमा समाजको सदस्यका हैसियतले व्यक्तिले समाजमा बसेर काम गर्दा हुने फाशय, काय गर्ने तरिका सामूहिक समस्या तथा समाधानका उपायहरुबारे अध्ययन हुने भएकाले यसबाट व्यक्तिमा नेतृत्वसिपको विकास गर्न सहयोग पुग्दछ।

६. सामाजिक विज्ञान शिक्षणको आधार सामाजिक अध्ययन विषयमा सामाजिक विज्ञानका विषयवस्तु समावेश इन्छन्। सामाजिक विज्ञान उस्य शिक्षामा मात्र समावेश हुने भएकाले तल्लो तहमा समावेश हुने सामाजिक अध्ययनले सामाजिक विज्ञान अध्ययनका लागि आधार गर्दछ।

७.सामाजिक मूल्य मान्यताको जानकारी सामाजिक अध्ययन विषयमा सामाजिक परम्परा, रीतिरिवाज, चालचलन, रहनसहन, भेषभुषणको महत्व र मूल्य आदिको शिक्षणबाट व्यक्तिमा परम्परा आत्मनिर्भरता र वातावरणीय पक्षको ज्ञान हासिल गराउन सकिने भए‌काले सामाजिक मूल्यको जानकारी दिने उद्देश्यले यस विषयको अध्ययन महत्वपूर्ण मानिन्छ।

८. वार्षिक तथा सामाजिक कल्याण सामाजिक अध्ययन विषयमा सामाजिक मान्यता, धर्म, परम्परा, रीतिरिवाज, आर्थिक आत्मनिर्भरता र सहयोग जस्ता विषयको अध्ययन हुने भए‌काले यसबाट विद्यार्थीमा आर्थिक तथा सामाजिक कल्याणको भावना अभिवृद्धि गराउन सकिन्छ।

९. बागरिक शिक्षा सामाजिक अध्ययनमा असल नागरिकका गुणहरू, प्रसिद्ध महापुरुषहरूको जीवनी, राष्ट्र, राष्ट्रियता, सरकार, वीरगाथा आदिको अध्ययन हुने भए‌काले यसबाट नागरिक चेतनासम्बन्धी शिक्षा प्रदान गर्न सकिन्छ।

१० . अन्तरर्राष्ट्रिय भावना: सामाजिक अध्ययन विषयमा अन्तर्राष्ट्रिय व्यक्तित्व, घटना, राष्ट्र-राष्ट्रबीचको सम्बन्ध तथा सहयोग, युद्ध तथा अशान्तिले समाजमा पार्ने असर आदिको अध्ययन हुन्छ। यस किसिमका विषयले विद्यार्थीमा अन्तर्राष्ट्रिय भावना विकास गराउन सहयोग पुऱ्याउँदछ।

सामाजिक अध्ययन विषय प्राथमिक कक्षादेखि नै पठनपाठन गरिने महत्वपूर्ण विषय हो। नेपालमा यसलाई कक्षा १ देखि नै अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गरिएको छ। यस विषयमा सामाजिक विज्ञानका विभिन्न विषय क्षेत्रका विषयवस्तु समावेश हुने भए‌काले यो समाज सापेक्ष विषय हो। यस विषयको मुख्य उद्देश्य व्यक्तिलाई सामाजिक व्यवहारमा सक्षम बनाई समाज स्वीकार्य गुण समाजसापेक्ष आचरण विकास गर्नु हो। यसैले यस विषयमा मूलतः समाज र सामाजिक क्रियाकलापको अध्ययन गरिन्छ। प्रत्येक समाजको आफ्नै व्यवस्था हुन्छ। व्यक्तिले सामाजिक व्यवस्था बुझ्न सकेमात्र समाजमा समायोजन हुन सक्छ। सामाजिक अध्ययनले व्यक्तिलाई सामाजिक समायोजनका लागि सहयोग गर्छ ।

सामाजिक विषयको अध्यापन किन ?

मानिसहरूले आफ्नो समाज र संस्कृतिको संचारण र रूपान्तरण गर्ने प्रक्रियालाई सहज रूपमा लिएनन् भने यसले समाजको विकासलाई क्षति पुर्याउँछ । एकजना विद्वान् पाल इ. ब्रान्डविनले यही तर्कलाई स्वीकार्दै सामाजिक अध्ययन विषयका बारेमा भनेका छन्— ‘मानिस आफ्नो संस्कृतिको संचारण र रूपान्तरण जुन प्रक्रियाबाट गर्दछ, सामाजिक अध्ययन विषय त्यसैसँग सम्बन्धित छ ।’ यहाँ, संस्कृतिको संचारण भन्नाले पुर्खाले आफ्नो सन्तानलाई प्रदान गर्ने ज्ञान र मूल्य तथा मान्यता बुझाउँछ । तर पछिल्लो पुस्ता वा सन्ततिले उक्त ज्ञान, मूल्य र मान्यतालाई यथावत् रूपमै स्वीकार गर्छ भन्ने छैन । उसले आफ्नो अनुभव र समाजको माग, आवश्यकता वा चाहना अनुसार नवीन ज्ञान, मूल्य र मान्यताको खोजी गरी पुर्खाबाट संचारित संस्कृतिलाई अझ् समृद्ध र परिष्कृत तथा समयसापेक्ष पनि बनाउन सक्छ । यसलाई नै रूपान्तरणको प्रक्रिया भन्ने गरिन्छ । तसर्थ सामाजिक अध्ययन विषयलाई अनुभव तथा खोजद्वारा ज्ञानको यही संचारण र रूपान्तरण गर्ने विषयको रूपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रा पुर्खाबाट संचारित कतिपय ज्ञान, मूल्य र परम्परा हाम्रा लागि धरोहर हुन्, तिनको संरक्षण जरूरी छ भने विकृतिको रूपमा रहेका कतिपय प्रथाहरू जस्तै बालविवाह, छाउपडी, दहेज आदिलाई निर्मूल पार्नु उत्तिकै आवश्यक छ ।

सामाजिक अध्ययन विषयको प्रमुख चुनौतीको रूपमा रहेको योग्य र दक्ष शिक्षक वा सहजकर्ताको निर्माण र छनोटका लागि शिक्षक तयारी कार्यक्रम संचालन गर्नु अति नै आवश्यक छ।

सामाजिक अध्ययन विषयले मानव र समाजको भौतिक तथा सामूहिक वातावरण बीचको पारस्परिक सम्बन्धको अध्ययन गर्ने हुनाले बालबालिकालाई विगतका परिवर्तनबाट सिक्दै वर्तमान र भविष्यमा हुने परिवर्तनको आकलन गर्न सहयोग पुर्याउँछ । यसबाट उनीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थासँग परिचित हुने अवसर पनि प्राप्त हुन्छ । यसका अतिरिक्त, सामाजिक अध्ययनको शिक्षणले बालबालिकामा लोकतान्त्रिक समाज अनुकूलका उत्तरदायी नागरिकका गुण र विशेषता विकास गर्नमा पनि सहयोग पुग्छ । त्यसैले भनिन्छ— सामाजिक अध्ययनको मुख्य उद्देश्य नै बालबालिकालाई लोकतान्त्रिक समाजमा रहन सक्ने असल नागरिक बन्न सघाउनु हो । संक्षेपमा भन्दा असल नागरिक निर्माणको यही महत्वपूर्ण उद्देश्य प्राप्तिका निम्ति सामाजिक अध्ययन विषय सहायक हुने हुनाले यसको औचित्य बढेर गएको छ ।

निम्नलिखित थप कारणहरूले गर्दा पनि विद्यालय तहमा सामाजिक अध्ययनको शिक्षण–सिकाइ अनिवार्य गर्नु परेको छः

– असल नागरिक भावनाको विकास गर्न
– विविधतायुक्त समाजलाई एकसूत्रमा बाँध्न
– बालबालिकामा सामाजिक चरित्रको निर्माण गर्न (जसबाट विभिन्न सामाजिक गुण जस्तै सहयोग, सहकारिता, सहिष्णुता र निष्पक्षताको विकास हुनसकोस् ।)
– समालोचनात्मक चिन्तन र सृजनात्मक कलाको विकास गर्न
– बालबालिकामा सामाजिक र बौद्धिक सीपको विकास गर्न
– सामाजिक अन्धविश्वास र विकृति हटाउन सहयोग गर्न
– मानवअधिकार र महिलाको अधिकार प्रवद्र्धनमा सहयोग गर्न
– सामाजिक न्यायको अवधारणालाई बल पुर्याउन
– राष्ट्रिय र अन्तर्राष्ट्रिय समझ्दारीको विकासमा सहयोग पुर्याउन
– शिक्षण–सिकाइमा बालबालिकाको सक्रिय सहभागितामा अभिवृद्धि गरी शिक्षालाई बालउन्मुख बनाउन, र
– सिकारुलाई कक्षाकोठा भन्दा बाहिर शिक्षण–सिकाइका लागि स्वायत्तता प्रदान गर्न ।

सामाजिक अध्ययनको मुख्य मुद्दा के ?

सामाजिक अध्ययनको मुख्य मुद्दा भन्नाले यसको स्वरूप कस्तो हुने भन्ने नै हो । यो एउटा विधाको रूपमा रहने कि प्रणाली या तरिका (Approach) को रूपमा कार्यान्वयन हुने भन्ने हो । यदि विधाको रूपमा रहने हो भने सैद्धान्तिक रूपमा सामाजिक अध्ययनको आफ्नै विषयवस्तु हुनुपर्छ, जुन यसको प्रकृतिसँग मेल खाँदैन । सामाजिक अध्ययन ले सामाजिक विज्ञानका क्षेत्रहरू, जस्तै भूगोल, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र तथा मानवशास्त्र जस्ता विधाबाट आफ्नो उद्देश्य अनुरूपका विषयवस्तुको छनोट गरेको हुन्छ । उक्त छनोट बहुविधाका रूपमा कि एकीकृत विषयको रूपमा हुने भन्ने पनि महत्वपूर्ण रहेको छ । अहिले सामाजिक अध्ययनको विषयवस्तु छनोट गर्दा बहुविधाका रूपमा छनोट गरेको पाइन्छ, जुन यो विषयसँग त्यतिको मेल खाँदैनन् । यसलाई एकीकृत विषयको रूपमा प्रस्तुत गर्नुपर्छ, जुन आफैंमा चुनौतीपूर्ण कार्य पनि हो ।

सामाजिक अध्ययन विषयको शिक्षण–सिकाइ विधि तथा प्रविधिको छनोट पनि अर्को महत्त्वपूर्ण मुद्दा हो । सामाजिक अध्ययन स्वभावले नै मानव तथा समाजको भौतिक तथा सामाजिक वातावरणसँग सम्बन्ध स्थापना गर्नुपर्ने भएकोले उनीहरूमा चरित्र तथा नागरिक भावनाको विकास गर्नु आवश्यक हुन्छ । यो विषयको शिक्षण–सिकाइका लागि परम्परागत सिकाइ प्रणाली उपयुक्त मानिंदैन । त्यसैले, यस विषयको शिक्षणमा शिक्षककेन्द्रित भन्दा पनि बालकेन्द्रित बनाउनुपर्ने, बालबालिकालाई सिकाइका लागि स्वायत्तता प्रदान गर्नुपर्ने र यसका लागि शिक्षक सहजकर्ता तथा सहयोगी भूमिकामा हुनुपर्ने तथा कक्षाकोठाभित्र सिकाइलाई सीमित नबनाई सामाजिक सन्दर्भमा व्यापक बनाउनुपर्ने आवश्यकता रहेको छ ।

बालबालिकाको व्यवहारमा अपेक्षित परिवर्तन गर्न उनीहरूमा आवश्यक सीप तथा अभिवृत्तिको विकास जरूरी हुन्छ । यसका लागि प्रयोगात्मक पक्षमाथि बढी जोड दिने र पाठ्यपुस्तक खोज तथा अनुसन्धानमुखी बनाउनुपर्ने हुन्छ । साथै यसबाट बालबालिकामा सृजनशीलता तथा समालोचनात्मक चिन्तनको विकासमा टेवा पुग्ने हुनुपर्दछ ।

बेमेल शिक्षण सिकाइ

सामाजिक अध्ययनको पाठ्यक्रममा ‘विद्यार्थीलाई यो विषयसँग सम्बन्धित पाठ्यवस्तुको व्यावहारिक ज्ञान दिनका लागि कक्षा भित्र वा बाहिर; विद्यालय, परिवार, टोलछिमेक, विभिन्न समूह, समुदाय तथा स्थानीय सरकारसँग सम्बन्धित क्रियाकलाप गराउनुपर्छ’ भनिएको छ । विद्यार्थीलाई जस्ताको तस्तै पाठ्यपुस्तक कण्ठ गराउने परिपाटीलाई निरुत्साहित गरी ‘गर र सिक’ को विधि अपनाउन पनि भनिएको छ । यो विषयले कथा, नाटक, कविता, विभिन्न चित्र तथा रेखाचित्र, तस्वीर, नक्शा जस्ता सृजनशीलता विकास गराउने सामग्रीको प्रयोग गर्ने र यसका लागि प्रश्नोत्तर र प्रदर्शन विधि, छलफल तथा समस्या समाधान विधि, अवलोकन तथा सोधखोज विधि, अभिनय तथा परियोजना विधि, स्थलगत भ्रमण तथा घटना अध्ययन विधिको प्रयोग गर्ने भनिएको छ । यसका अतिरिक्त; यस विषयको शिक्षणमा सूचनाप्रविधिको पनि प्रयोग गर्न सक्नुपर्दछ ।

विद्यालय शिक्षामा सामाजिक–अध्ययन विषयको प्रमुख चुनौती भनेको यसका लागि आवश्यक शिक्षक वा सहजकर्ताको निर्माण र छनोट हो । एकातिर सरकारले सामाजिक–अध्ययन शिक्षक वा सहजकर्ताका लागि कस्तो योग्यता र मापदण्ड आवश्यक हुने भन्ने निक्र्योल गर्न सकेको छैन भने अर्कोतर्फ दक्ष शिक्षक उत्पादन गर्ने शैक्षिक संस्था वा विश्वविद्यालयहरू त्यस्ता शिक्षक उत्पादन गर्न उदासीन देखिएका छन् ।

नेपालमा सामाजिक अध्ययनको अर्को मुख्य समस्या, यस विषयको शिक्षण–सिकाइका लागि माध्यम भाषा के हुने भन्ने पनि हो । यो विषयको स्वभाव परिवार, समुदाय र स्थानीय व्यक्तिसँग छलफल र अन्तरक्रियाका आधारमा तथ्यहरू सङ्कलन गर्नुपर्ने भएकोले यसका लागि सिकाइको उपयुक्त माध्यम स्वाभाविक रूपमै स्थानीय भाषा हुनसक्छ । तर, स्थानीय वा मातृभाषाको सट्टा यो विषय शिक्षणको माध्यम भाषा अंग्रेजीलाई बनाइन्छ भने त्यसले घोकन्ते सिकाइलाई बढावा दिनु बाहेक केही गर्दैन । यो विषय शिक्षण सिकाइको बढी भाग क्रियाकलापमुखी हुने हुनाले पनि यसको अध्ययन र सिकाइ स्थानीय वा राष्ट्रिय भाषामै हुनुपर्छ । भारतमा सामाजिक–अध्ययन विषयको शिक्षणका लागि त्रिभाषिक नीति अवलम्बन गरेको छ । हामीले पनि सामाजिक अध्ययन विषयको शिक्षणमा कम्तीमा द्विभाषिक नीति अवलम्बन गर्दा यसको उद्देश्य पूरा हुने संभावना बढाउन सकिन्छ ।

अब के गर्ने

सामाजिक अध्ययन विषयको शिक्षण–सिकाइबाट बालबालिकाको व्यवहारमा अपेक्षित परिवर्तन ल्याउन उनीहरूमा आवश्यक सीप तथा अभिवृत्तिको विकास गर्नु अति आवश्यक हुन्छ । यसका लागि विषयको प्रयोगात्मक पक्षमाथि बढी जोड दिंदै पाठ्यपुस्तक खोज तथा अनुसन्धानमुखी बनाउनुपर्दछ । सामाजिक अध्ययन विषयको प्रमुख चुनौतीको रूपमा रहेको योग्य र दक्ष शिक्षक वा सहजकर्ताको निर्माण र छनोटका लागि शिक्षक तयारी कार्यक्रम संचालन गर्नु अति नै आवश्यक छ । यसका लागि दीर्घकालीन र अल्पकालीन कार्यक्रम ल्याउन सकिन्छ । अल्पकालीन कार्यक्रममा विद्यालय आधारित तालिमको आयोजना गर्ने र दीर्घकालीन अन्तर्गत सामाजिक अध्ययनको लागि छुट्टै शिक्षक तयारी कार्यक्रम ल्याउनुपर्छ । त्यस्तै, यस विषयको शिक्षण–सिकाइका लागि माध्यम भाषामा द्विभाषिक नीति अवलम्बन गर्नै पर्दछ ।

स्रोत – आधारभूत तहको पाठ्यक्रम २०७६ , पाठ्यक्रम विकास केन्द्र -खुला सिकाइ शिक्षा , आधारभूत तह कक्षा ६-८ पाठ्यक्रम , अध्ययन प्रतिबेदन – माध्यमिक शिक्षा पाठ्यक्रम , पाठ्यक्रम बिकास केन्द्र – सामाजिक अध्ययन , विष्णुप्रसाद अधिकारी – सामाजिक अध्ययन शिक्षण , चन्द्रबहादुर श्रेष्ठ

अनुसन्धानकर्ता रामहरि आचार्य, शिक्षक, जन आदर्श मा.वि. फेदिखोला-४ , स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *