काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

निबन्धकार बोधराज पौडेलको ‘सोकेसको ऐना’ माथि निर्मम चिरफार

1.2K
shares

काठमाडाैँ । नेपाली साहित्यमा क्रियाशील स्रष्टाहरूले सुरु गरेको ‘आफू विरूद्ध आफैँ’ अभियानको दोस्रो श्रृंखलामा निबन्धकार बोधराज पौडेलको ‘सोकेसको ऐना’ माथि निर्मम चिरफार गरिएको छ ।

अभियानकर्ताहररूले समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्दै संग्रहित निबन्धको चिरफार गरेका थिए। लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियानमा साहित्यकार तथा समालोचक आर एम डंगोलले समकालीन निबन्ध साहित्यमा पौडेलको उपस्थिति चिरस्थायी हुनेहुँदा निरखतलाई जोड दिनुपर्ने बताए। ‘संग्रहमा रहेका निबन्ध उत्कृष्ट रहेका छन् जीवन र प्रकृतिको सानिध्य तथा प्रगतिशील चेतले ओतप्रोत रहेका छन्’, समालोचक डंगोलले भने।

कार्यक्रममा अभियान्तहररू नवराज रिजाल, होमशंकर बास्तोला, छविरमण सिलवाल र प्रतिरोध कार्कीले पौडेलको लेखन शैली, आञ्चलिकता र जीवन भोगाइको विषयमा चर्चा गरेका थिए। निबन्धकार पौडेलले आगामी लेखन र विगत आगत कोट्याउँदै समकालीन अवस्थाको साहित्य लेखनबारे चर्चा गरेका थिए।