• २०८१ असोज ५ गते शनिवार

काठमाडौं: आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रबार जानकारी दिएको थियो । शनिबार सम्पन्न प्रि म्याच कन्फरेन्समा सहभागी सबै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए ।

दशरथ रंगशालामा मंगलवार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन‌ चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच एएफसी च्यालेन्ज लिगको प्ले अफ भएको थियो । पारो एफसी २-१ को खेलमा मैदानको खराब अवस्थाका कारण एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आलोचना भएको थियो । मैदानको अवस्था अहिले पनि खराब नै रहेका कारण एन्फाले साफ यू-२० आफ्नै मैदानमा सारेको छ । सन् २०१५ मा एन्फा मैदानमा साफ यू-१९ आयोजना हुँदा नेपाली टोली च्याम्पियन बनेको थियो ।

एन्फा कम्प्लेक्समा हुने खेलको लागि एन्फाले टिकट दर ३ सय रूपैयाँ रहेको छ । नेपालसहित प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि एन्फाले शनिबार नै २३ सदस्यीय युवा टोलीको घोषणा गरिसकेको छ । नेपालले श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाली युवा टोली: जियारत शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर) , विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ,आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लछु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *