काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

पेरिस ओलम्पिक-२०२४ को समापन

1.27K
shares

एजेन्सी: ३३औँ ग्रीस्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन भएको छ । ८० हजार दर्शकबीच स्टेड डे फ्रान्समा समापन समारोह भएको हो ।

समापन समारोहमा खेलाडीको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई ‘सेलिब्रेट’ गरिएको थियो । समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलको प्रशंसा गर्दै भने ‘युद्ध र द्वन्द्वले विश्व विभाजित भएपनि खेलले विश्वलाई एक ठाउँमा राखेको छ ।’ बाखले ओलम्पिक खेलको क्षमतामा जोड दिँदै विश्वव्यापी शान्तिको संस्कृतिलाई प्रेरित गरेको बताए ।

समापन समारोह निकै मनमोहक र आकर्षक थियो । जहाँ विभिन्न हलिउड कलाकारले प्रस्तुति दिएका थिए । सात ओलम्पिकामा नेपालका सात खेलाडीले सहभागिता जनाए पनि कसैले पदक जित्न सकेनन् ।