एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

३०औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो

147
shares

काठमाडौँ । ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । “स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण” भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाइएको हो ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको थियाे । मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्‍याली निकालेका थिए । र्‍यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका थिए ।

आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा सहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी पुगेको थियो ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।