• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौँ । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपति निवास सितलभवनमा बुधबार आयोजना गरिएको उक्त कार्यक्रमलाई पानसमा दीप प्रज्जवलन गरी कार्यक्रममा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुभएको हो । सोही क्रममा डा. डिल्लीरमण रेग्मी सम्बन्धी संक्षिप्त वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

सम्माननीय राष्ट्रपतिज्यूबाट वरिष्ठ पत्रकार तथा समाजसेवी श्री भैरव रिसाललाई दोसल्लाह ओडाइ, सम्मान पत्रका साथमा नगद रु. १,००,०००/– रुपैयाँसहित डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार र २०८० तथा जाइकालाई अन्तराष्ट्रिय शान्ति पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो ।

कार्यक्रमको बारेमा सम्मान तथा पुरस्कार छनोट समितिका सदस्य प्रा.डा. ध्रुवकुमार घिमिरेज्यूले सम्मानित तथा पुरस्कृत हुसने संस्था तथा व्यक्तिको परिचय दिनुभएको थियो । साथै सम्माननीय राष्ट्रपतिज्यूलाई डा. डिल्लीरमण रेग्मीले लेख्नुभएका तथा डा. डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयसँग सम्बन्धित पुस्तक तथा प्रकाशनहरु समर्पण गरिएको थियो ।

उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले स्वागत मन्तव्य गर्नुभएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले डा. रेग्मीका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै सम्माननीय राष्ट्रपति पौडेलले डा. डिल्लीरमण रेग्मी र उहाँको योगदानका बारेमा खुलेर चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष गोपाल छाङ्छा राईज्यूले गर्नुभएको थियो भने यादवचन्द्र निरौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *