• २०८१ असोज ५ गते शनिवार

काठमाडौँ । चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईओटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन । उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ ।

खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *