काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

शिमलताल पहिरोमा बेपत्ता भएका दुईओटा बसका यात्रुमध्ये १७ जनाको शव फेला

1.12K
shares

काठमाडौँ । चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईओटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन । उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ ।

खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेको छैन ।