एजेन्सी: क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले कोपा अमेरिका २०२४ को तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो ।