काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

बंगलादेशका फोटो पत्रकारको टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो

1.3K
shares

काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो आईपुगेको टोलीलाई एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठ र सुनिल शर्माले उनीहरुलाई स्वागत गरेका थिए । बंगलादेशका फोटो पत्रकारको टोली मैत्रीपूर्ण फुटबल खेलपछि पोखरा भ्रमणमा निस्कने र पोखराका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको सदस्य प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।

खेल १३ गते बिहिबार बिहान ७ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा हुँदै छ ।