काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

घण्टी बजाउँदै इलाममा रास्वपाबाट मिलन लिम्बूकाे उम्मेदवारी घोषणा

826
shares

काठमाडौं: सभापति रवि लामिछानेसहित इलाम पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उप-निर्वाचनको उम्मेदवार घोषणा गरेको छ । शनिबार इलाममा कार्यक्रम गरी रास्वपाले लिम्बूलाई आगामी उप-निर्वाचनको उम्मेदवार घोषणा गरेको हो ।

उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए । उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका थिए ।

लिम्बू यसअघि पत्रकार थिए । उनी नेकपा (माओवादी केन्द्र) निकट थिए । तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो ।

त्यसैगरी नेकपा एमालेले सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । इलाम २ मा वैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ ।