नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

1.55K
shares

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए । विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

प्रधानमन्त्रीको पक्षमा नेकपा एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० र जसपाका १२ सांसदले मत दिए । स्वतन्त्र सांसद प्रभु शाह र योगेन्द्र चौधरीले पनि मत दिए ।