नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) आफ्नै सवारी साधनबाट दिने व्यवस्था मिलाउनु : राष्ट्रिय सतर्कता केन्द्र

1.6K
shares

काठमाडौँ । परीक्षार्थीहरुलाई सवारी साधनको अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन दिएको छ।

परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी परीक्षार्थीहरूलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ बमाेजिम ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो कार्यान्वयनको जानकारी केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिएको हो।