नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

यस वर्षको एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने, ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न कक्षा ११ र १२ को सूचना जारी

525
shares

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो । चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना भएपनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन सूचना प्रकाशित गरिएको कार्यालयको भनाई छ ।
सूचनाः