काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले तोक्यो सजाय : ८ वर्ष जेल र ३ लाख रूपैयाँ जरिवाना

1.2K
shares

काठमाडौँ : क्रिकेट खेलाडि सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३ ९ङ० बमोजिम ८ वर्ष कैद हुने फैसला सुनाएको हो ।

अदालतले उनलाई ३ लाख रूपैयाँ जरिवाना पनि सुनाएको छ । जरिवाना बापतको ३ लाख र पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई ध्यानमा राखेर थप दुई लाख रूपैयाँ क्षतिपूर्ति गरी ५ लाख रूपैयाँ पीडित युवतीलाई भराउन समेत आदेश दिएको छ । गत पुस १३ गते नै अदालतले एक युवतीलाई बलात्कार गरेको मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ मा पुर्पक्षका लागि थुनामा नबसेको अवस्थामा १० वर्षसम्म कैद सजाय भएको कसुरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिका लागि कारण खुलाई निवेदन गर्न सक्ने र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले अनुमति दिन सक्ने व्यवस्था छ । त्यसका लागि लामिछानेका कानुन व्यवसायी उच्च पुगिसकेका छन् ।

अखबार नेपालबाट