काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

महेश्वर पन्तको रचना तथा सङ्गीत रहेकाे साङ्गीतिक लघु चलचित्र “जिउँदा देवता” सार्वजनिक

1.39K
shares

काठमाडाैँ । महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको साङ्गीतिक लघु चलचित्र “जिउँदा देवता” अङ्ग्रेजी नयाँ वर्ष २०२४ काे अवसर पारेर सार्वजनिक गरिएकाे छ।

पन्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक हुन् । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुतिमा यस लघु चलचित्र आएको हाे ।

कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको भूमिका रहेको छ ।

ओएसआर डिजिटलले प्रशारण गरेको यस चलचित्रका प्रस्तुतकर्ता पर्मेश्वर पन्त हुन् भने यसमा प्रवीण वेडवालको स्वर रहेको छ ।
सामाजिक घटनामा आधारित यस साङ्गीतिक चलचित्रले आम दर्शकको मन जित्ने निर्देशक सरोज खनालले बताए ।

भिडियो लिङ्क

https://youtu.be/MyhEQ9S0qg0