काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरपालिकाले माग्यो निजी विद्यालयका कक्षा ११ को शुल्क विवरण

1.33K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत सबै विद्यालयले कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे विद्यालय व्यवस्थापन समितिको निर्णयसहित जानकारी मागेको छ ।

महागनरले विज्ञप्तिमार्फत असार मसान्तभित्र सबै निजी शैक्षिक संस्थालाई शुल्क प्रस्ताव महानगरको शिक्षा विभागमा बुझाउन निर्देशन दिएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के-के शीर्षकमा के कति शुल्क लिने हो ? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति असार मसान्तभित्र शिक्षा  विभागमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौँ ।’