• २०८१ मङ्सिर ६ गते बिहिवार

आर्टिकल्स पेपर, डोटी । गरिबीको रेखामुनी रहेका ग्रामिण समुदायको समग्र जीवनस्तर सुधारका लागि युनाइटेड मिसन टु नेपाल (यू.एम.एन) ले एक दशकभन्दा लामो समयदेखि स्थानीय साझेदारहरुसँग मिलेर डोटी जिल्लाका ग्रामिण क्षेत्रमा विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।

जलवायुजन्य प्रकोपहरुले मानवीय जीवन र वातावरणमा पार्ने विभिन्न किसिमका असर र क्षति न्यूनीकरण गरी प्राकृतिक स्रोत संरक्षण र दिगो उपयोगलाई प्रवर्धन गर्ने उद्देश्यले विगत एक वर्षदेखि ग्ःल् डोटी क्लस्टरले ग्रामिण समुदाय विकास केन्द्र (आर.सि.डि.सि.) सँगको साझेदारीमा बोगटान फुड्सिल गाउँपालिकाको वडा न १, ४ र ७ मा दिगो वातावरणका लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकुलन क्लाइमेट्स परियोजना सञ्चालन गरिरहेको छ ।

यसअन्तर्गत परियोजना क्षेत्र भित्रका अति विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ ४५ दिने बास तथा निगालोको सामग्री बनाउने सिप विकास तालिम मिति २०७९ साल चैत २७ गतेबाट बोगटान फुड्सिल गाउँपालिकाको वडा न ४ सुन्तडीमा सुरु भएको छ । गाउपालिकासँगको समन्वय, घरेलु तथा साना उद्योग कार्यालय डोटीसँगको सहकार्यमा उक्त तालिम सञ्चालन भईरहेको छ । ४५ दिन सम्म चल्ने उक्त तालिमको उद्घाटन समारोह (यू.एम.एन) डाटी र स्थानीय साझेदार सस्था (आर.सि.डि.सि.) का प्रतिनिधि, परियोजनाका कर्मचारी, तालिम सहजकर्ता, तालिमका सहभागी र अन्य स्थानीयको सहभागितामा सम्पन्न भयको थियो।

वडा नं. १ का ३ जना र ४ का ८ जना सहभागीले ४५ दिनसम्म बास तथा निगालोबाट विभिन्‍न सामाग्री बनाउने सिप सिक्ने, जसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीले तालिम सहजकर्ता उपलब्ध गराउनु भएको छ भने तालिमको अन्य सम्पूर्ण खर्च क्लाइमेट्स परियोजनाले व्यहोर्ने छ । स्थानीय स्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री बनाउन सकिने र ती सामग्री सजिलै स्थानीय स्तरमै खपतसमेत हुने हुनाले तालिम पश्चात सहभागीहरुले आफ्नो जीविकोपार्जन सजिलै गर्न सक्ने विश्वास लिइएको छ ।

परियोजनाले आगामी बर्षमासमेत सिप तथा व्यवसाय विकासक लागि आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ, जसमा स्थानीय स्तरमै उत्पादन, स्थानीय सामग्रीको प्रयोग, परम्परागत सिपको प्रवर्धन प्राथमिकतामा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *