काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

गजल : जगत खड्का ‘दोलखाली’

1.46K
shares

पुरानै हो  दुखेको मन  जलेको खत पुरानै हो
सधैं  हेरेर  तस्विर  सम्झिने  आदत  पुरानै हो

लगाई राख्न मन लाग्छ सह्माली राख्न मन लाग्छ
उडाई  दिन्छ गलबन्दी  हुरीको लत पुरानै हो

किनारामै सीमित देखें मिलनको पल किनाराका
नदीका  यी  किनारा  सङ्गको संगत  पुरानै हो

यहीँ पिरती बसेको हो यहीँ वचपन सकेका हौं
बनेको हो नयाँ आँगन यो घरको छत पुरानै हो

नभेटेको   नदेखेको   युगौं  युग भो उनीलाई
उनी आफ्नै बनून् भन्ने प्रेमिल चाहत पुरानै हो