नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द

2.74K
shares

काठमाडौं । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई बन्द गरिएको छ ।

आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।

उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको थियो । उनीहरूको उपचार भइरहेको छ ।

खोज तथा उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको थियो । थप व्यक्तिको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिए पनि हाल उद्धार गर्न कठिन भएपछि बन्द गरिएको छ ।