आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ : परराष्ट्रमन्त्री खनाल

1.32K
shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे छ ।

सम्मेलनको सफल आयोजनाका लागि शुभकामना सन्देश दिँदै मन्त्री खनालले आयोजक समिति तथा सम्मेलनमा सहभागी सम्पूर्ण महानुभावलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

काठमाडौंबाट शुभकामना सन्देश पठाउँदै उहाँले जनवादी गणतन्त्र चीनको ग्वाङजाउमा सन् २०२६ अगस्ट १५ र १६ मा आयोजना भइरहेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को सफलताको कामना गर्नुभएकाे हाे ।

उहाँले विश्वका विभिन्न मुलुकमा रहेर पनि आफ्नो मातृभूमिप्रतिको माया, अपनत्व र जिम्मेवारीलाई निरन्तर जीवन्त राख्दै आएका गैरआवासीय नेपालीको योगदान नेपालको विकास यात्रामा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयाे ।

नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्दै नेपालको आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरणमा उनीहरूले निर्वाह गर्दै आएको भूमिकाको हार्दिक प्रशंसा गर्ने उहाँले उल्लेख गर्नुभयाे ।