काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अगस्ट १६, क्यानाडा- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यानाडामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा...

पुरा पढ्नुहाेस्

भर्जिनिया, अमेरिका – नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था 'नेपाली जनसम्पर्क समिति अमेरिका'को नयाँ नेतृत्वका...

पुरा पढ्नुहाेस्

लिग २ : नेपाल पाँचौ स्थानमा उक्लियो, स्कटल्यान्ड ६ विकेटले पराजित

1.87K
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।

पराजित भएपछि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ ।

अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।