आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

चैत मसान्तसम्ममा सुकुमवासीको व्यवस्थापन गर्न रास्वपाद्वारा सरकारलाई सुझाव

2.04K
shares

काठमाडौं । आइतबार बसेको रास्वपा सचिवालय बैठकले चैत मसान्तसम्ममा सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।

काठमाडौं उपत्यकाका खोला किनारामा असुरक्षित र अव्यस्थित बसोबास गरिरहेका नागरिकलाई चैत मसान्तभित्र सुरक्षित स्थानमा बासस्थान मिलाउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केही महिनापछि बाढी आउँछ । फेरि भिजिबिलिटी पुगेन भनेर छाड्दिने हो कि अहिलेदेखि नै सुरक्षित ठाउँतिर लैजाने हो । सरकारलाई आगामी चैत मसान्तभित्र व्यवस्थित तरिकाले गाँस, बास र स्वास्थ्यमा ध्यान दिएर व्यवस्थापन गर्न बैठकले सुझाव दिएको छ ।’

रास्वपाले असुरक्षित रूपमा बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यमा भने प्राधिकरणको प्रतिवेदन नआउँदासम्म कुनै पनि कारबाही अगाडि नबढाउन सरकारलाई सुझाव दिएको छ।

साथै, स्थानीय तहहरूले आफ्नो क्षेत्राधिकार प्रयोग गर्दै विभिन्न स्थानमा संरचना भत्काइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै रास्वपाले स्थानीय सरकारलाई पनि यही मर्मअनुसार व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।