नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

भिभोको नयाँ फड्को : ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरासहित ‘भि७०’ आउँदै

357
shares

काठमाडौं । भिभोले फ्ल्यागसिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाइस पोर्टेट सो प्रो’ को नयाँ अवधारणा अघि सार्दै भि७० मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ । प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भि७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुंगा हुने अपेक्षा गरिएको छ ।

भिभो भि७०को मुख्य आकर्षण भिभो र जाइसबीचको सहकार्यको नयाँ अध्याय रहने देखिन्छ । यसमा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामरा हुने चर्चा छ, जसले टाढाबाट खिचिएका तस्बिरहरूमा पनि उच्च स्पष्टता र सटिकता प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’को व्यवस्था गरिएको छ, जुन विशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीको दाबी छ ।

यसैगरी, भिभो भि७० मा फोरके६० एफपीएस भिडियो रेकर्डिङको सुविधा हुने जनाइएको छ, जसले भी सिरिजमै पहिलो पटक प्रोफेसनल सिनेमाटिक अनुभव ल्याउनेछ । यसले प्रयोगकर्तालाई लाइभ प्रस्तुतिदेखि द्रुत एक्सन दृश्यहरूसम्मको भिडियो सहज गति र सिनेमाटिक विवरणका साथ कैद गर्न सकिने अपेक्षा गरिएको छ ।

डिजाइनको हकमा पनि भिभो भि७० ले नयाँ उचाइ लिने देखिन्छ । यसमा ‘एयरोस्पेस-ग्रेड एल्युमिनियम अलोय फ्रेम’ प्रयोग गरिएको छ, जसले बलियो संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने दाबी गरिएको छ । भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक सौन्दर्य र सहज प्रयोगबीच सन्तुलन कायम गर्ने कम्पनीको भनाइ छ ।

भि७० मार्फत भिभोले इमेजिङलाई अझ अभिव्यक्तिपूर्ण, डिजाइनलाई अझ आत्मविश्वासी र प्रदर्शनलाई अझ शक्तिशाली बनाउने आफ्नो दृष्टिकोणलाई निरन्तरता दिएको छ । तर, यो अहिले केवल पहिलो झलक मात्र हो । अधिकांश विवरणहरु अझै गोप्य राखिएको छ । भिभो भि७० का पूर्ण विशेषताहरू, मूल्य र आकर्षक अफरहरू अप्रिल ७ मा हुने आधिकारिक लन्च कार्यक्रममा मात्र सार्वजनिक गरिनेछन् ।