काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सेयर बजार २३ अंकले बढ्यो

833
shares

काठमाडौं । लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० को बिन्दुमा पुगेको छ ।

आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर एक लाख २६ हजार ९४७ पटक खरिद-बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिग ०.६७, विकास बैंक १.३८, वित्त ०.५१, जलविद्युत १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन ०.८६, म्युचुअल फन्ड ०.२५ र व्यापार समूह ९.१२ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । जलविद्युत ०.१७, जीवन बिमा ०.३७, लघुवित्त ०.४६, निर्जीवन बिमा ०.३८ र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।

सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रादी विद्युत कम्पनी लिमिटेडको ६७ करोड ४३ लाख ८४ हजार ३४१ बराबरको खरिद-बिक्री भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर सेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।